नियम ३७
पहिले इजाजतपत्र प्राप्त व्यक्तिले निवेदन दिनु पर्ने

(१) यो नियमावली प्रारम्भ हु“दाका बखत क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनीले यो नियमावली प्रारम्भ भएको मितिले नौं महिनाभित्र यसै नियमावली बमोजिम इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिएमा वा निवेदन दिएपनि यस नियमावली बमोजिम इजाजतपत्र नपाएमा यो नियमावली प्रारम्भ हुनु अगावै दिईएका इजाजतपत्र स्वतः खारेज भएको मानिनेछ ।